free website hit counter

नेपाल बैंकको साधारण सभा सम्पन्न

beemaadmin
२०८० माघ १, सोमबार

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सञ्चालक समितिका अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको साधारण सभा सम्पन्न भएको हो । उक्त सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९–८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो । त्यस्तै सभाले आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

सम्बन्धित समाचार