free website hit counter

नेपाल माइक्रोको नाफा खुम्चियो

beemaadmin
२०८२ बैशाख २२, सोमबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६०५.७४ प्रतिशत बढेको छ भने कुल आम्दानी १३०.७५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशत र कुल खर्च १४६.२९ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१६९ गुणा रहेको छ। ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ती कोषमा २ लाख ६७ हजार रुपैयाँ रिटेन्ड अर्निङ्गमा २२ लाख ८ हजार रुपैयाँ र अन्य इक्विटीमा १८ हजार रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार