free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगञ्जमा विस्तार गर्यो शाखा

beemaadmin
२०८० आश्विन १५, सोमबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले शाखा विस्तार कार्य शुरु गरेको छ ।नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा विस्तार गरेको हो । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मिगेन्द्र रिमालले गरेका हुन् । नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र रहेको नेपालगञ्जमा शाखा खोल्दै आफ्नो सेवा विस्तार गरेको छ । सिइओ रिमालले भने, यो हामीले पहिलो पटक नेपालगञ्जमा शाखा विस्तार गरेका छौँ । यो क्रमलाई हामी थप विस्तार गछौँ ।

सम्बन्धित समाचार