free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा सम्पन्न

beemaadmin
२०८२ जेष्ठ १७, शनिबार

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ। शुक्रबार कम्पनीको दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको हो। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आव २०८०–८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिएको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०–८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरिनुका साथै आव २०८१–८२ को लागि बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने र सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन भएको छ । यस्तै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च समेत अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार