काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असायिक निधनपछि मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीको लालवन्दी उपशाखाले बीमित राजन प्रसाद गुप्ताको परिवारलाई २ लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ । लालवन्दी नगरपालिका ११ निवासी बिमित स्व. राजनप्रसाद गुप्ताको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो । उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश नं–२ का प्रमुख दशरथ झाले मृतककी आमा परमिला देवी साह कमलमापुरीलाई चेक प्रदान गरेका हुन् । रकम परिवारले बुझेपछि मृतककी आमा परमिला देवी साह कमलमापुरीले छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बीमा रकमले सहयोग पुग्ने बताएकी थिइन् ।