free website hit counter

नेपाल लाइफद्वारा १ करोड मृत्यु दावी भुक्तानी

beemaadmin
२०७६ माघ ३, शुक्रबार

मोरङ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोरङ्गको पथरी शनिश्चरेका टिकाराम श्रेष्ठको परिवारलाई दुर्घटना मृत्युदावी बापत १ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ । २०७६ साल पौष ३ गते उदयपुरमा भएको जिप दुर्घटनामा श्रेष्ठले ज्यान गुमाएका थिए ।
विद्यालय संचालक तथा प्रधानाध्यापक समेत रहेका श्रेष्ठले २०७५ सालमा मात्र बीमा गरेका थिए । श्रेष्ठले जम्मा २ किस्ता मात्र तिरेको भए पनि दुर्घटना मृत्यु लाभ सहितको सेवा लिएबापत सो रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
बिहीबार एक कार्यक्रको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखाका प्रमुख रोशनकुमार यादवले मृतक श्रेष्ठको पत्नी गिता लिम्बू श्रेष्ठलाई दुर्घटना मृत्यु लाभसहित जीवन बीमाको रकम प्रदान गरेका हुन् । पत्नी श्रेष्ठलाई मृत्यु दावी भुक्तानी वापत र १ करोड ६ लाख ५० हजार रुपैंया प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार