free website hit counter

नेपाल लाइफले खोल्यो इन्भेस्टमेन्ट कम्पनी

beemaadmin
२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको छ। कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको तेस्रो तल्लामा इन्भेस्टमेन्ट कम्पनीको कार्यालयको उद्घाटन नेपाल लाइफको सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका हुन्। झन्डै साढे २ खर्ब रुपैयाँबराबरको बीमा कोष खडा गरिसकेको नेपाल लाइफ इन्स्योरेन्सको लगानीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न तथा लगानी विविधीकरणलाई गती दिन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको हो। नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बीमा ऐनले केही क्षेत्रलाई परिभाषित गरेर उत्पादक क्षेत्रमा लगानीलाई प्रोत्साहित गरिरहेको पृष्ठभूमीमा कम्पनीले नयाँ अवसर छोप्न इन्भेस्टमेन्ट कम्पनी खडा गरिएको बताए। कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। पराजुलीले पुँजीको संरक्षणलाई प्राथमिकतामा राख्दै परम्परागत लगानीसँगसँगै प्रतिफलमा पनि ध्यान केन्द्रित गरिने बताए। नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले विशेष उद्देश्य प्राप्तिका लागि स्थापित इन्भेस्टमेन्ट कम्पनी नेपालको समग्र बीमा क्षेत्रका लागि नै उदाहरणीय संरचनागत प्रगतीका रुपमा औँल्याए। कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्द संघईले नेपाल लाइफको लगानीको प्रतिफललाई गुणात्मक रुपमा वृद्धि गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए। उनले भने, बचतको घट्दो ब्याज दरले पनि लगानीका वैकल्पिक क्षेत्र खोज्नुको विकल्प रहेन। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले लगानी केन्द्रीकृत गर्दा जोखिम बढ्ने भएकाले जोखिम विविधीकरणका लागि लगानी विविधीकरणमा प्राधिकरणले जोड दिएको बताए। उनले इन्भेस्टमेन्ट कम्पनीले लगानीको सदुपयोग र विविधीकरणका लागि अब्बल जनशक्ति र उच्चत्तम प्रविधिको उपयोग गर्न सुझाव दिए। नेपाल लाइफको कोष परिचालन गर्ने र अपेक्षा पूरा गर्ने मुख्य उद्देश्य रहेको छ। उत्कृष्ट प्रतिफल प्रदान गर्न र लगानीको उल्लेख्य वृद्धि गर्न प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले बताए। उनले लगानी विविधीकरणको साथै गहन विश्लेषणका आधारमा मात्र लगानीको क्षेत्र छनौट गरिने बताए। थापा एनआईएमबी एस क्यापिटलको नायब प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार