free website hit counter

नेपाल लाइफले गर्‍यो लाभांश नदिने निर्णय

beemaadmin
२०८० माघ ८, सोमबार

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि कुनै पनि लाभांश नदिने घोषणा गरेको हो । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने र यस अवधिको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट कम्पनीले ५१ प्रतिशत लाभांश दिएको थियो । त्यस्तै कम्पनीले२०७६–७७ मा १४.७३ प्रतिशतका दरले लाभांश दिएको थियो ।यसैगरी,कम्पनीले आर्थिक वर्ष २०७७.७८ मा १५.७९ प्रतिशत लाभांश दिएको थियो ।

सम्बन्धित समाचार