free website hit counter

नेपाल लाइफले दियो मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ मंसिर ७, मंगलवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको निधनपछि आश्रित परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको जोहाङ खैरहनि शाखाले गुल्मी जिल्ला सत्यवति गाउँपालिका १, रामबारी, निवासि बीमित छबिकला पाण्डेको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो । उनको असोज ७ गते घाँस काट्न जाने क्रममा भिरबाट खसेर मृत्यु भएको थियो । स्व. बीमित छबिकला पाण्डेले कम्पनीमा १ लाख ६८ हजार बीमाङ्कको बीमा गराएकी थिइन् । उनले बीमा बापत जम्मा ६ किस्ता मात्रै कम्पनीका बुझाएकी थिइन् । दाबी वापत ३ लाख ९० हजार ६ सय रुपैयाँ बीमितका श्रीमान भुवानन्द पाण्डेलाई वडाध्यक्ष भिमलाल पाण्डे, एजेन्सि मेनेजर शेरबहादुर कुँवर, साहायक कृष्णप्रसाद भण्डारी, राम्बारी आधारभुत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पाण्डे लगायत स्थानीय बुद्धिजीबी, समाजसेवीहरुको उपस्थितिमामा हस्तान्तरण गरेको गरिएको थियो ।
कार्यक्रममा उपशाखा प्रमुख सबिन सापकोटाले जीवन बीमाको महत्व, आवश्यकता बारे प्रकाश पार्दै मृत्यु निश्चित छ, जीवन अनिश्चित छ, खानपान, यन्त्र उपकरणको प्रयोग, असुरक्षित यात्रा इत्यादि कारण सुबिधा सङै जीवन असुरक्षित बन्दै गयकोले भबिष्यमा आइपर्ने जोखिम न्यूनीकरण गर्न बीमा अपरिहार्य रहेको बताए ।
त्यसैगरी सत्यवती गाउँपाकिला १ का वडाध्यक्ष भिमलाल पाण्डेले पनि जीवन बीमा अहिले आवश्यक्ता भइसकेकोले जीबित हुदा बुढेसकालको सहारा तथा मृत्यु पश्चात् परिवारको आर्थिक भलाइ हुने भएकाले आआफ्नो आर्थिक क्षमता अनुसार बीमा गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार