free website hit counter

नेपाल लाइफले नौ महिनामा कमायो ६५ करोड नाफा

beemaadmin
२०८२ बैशाख २८, आईतवार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६५ करोड २२ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.६५ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ६० करोड रुपियाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३२ अर्ब ८७ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो बीमाशुल्क आर्जन २९ अर्ब ४३ करोड १० लाख रुपियाँ थियो । यो ११.७० प्रतिशतले बढेको हो । त्यस्तै खुद बीमाशुल्क भने ११.६१ प्रतिशतले बढेर ३२ अर्ब ५० करोड ७२ लाख रुपियाँ कायम भएको छ । त्यसैगरी कम्पनीको जीवन बीमा कोषको आकार २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपियाँ पुगेको छ । जुन गत आवको चैत मसान्तसम्ममा १ खर्ब ८८ अर्ब १८ करोड ५७ लाख रुपियाँ थियो । ९ अर्ब २ करोड ८७ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपियाँ , रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड ३८ लाख रुपियाँ र अन्य इक्विटीमा ७२ करोड ५७ लाख रुपियाँ सञ्चित छ । तेस्रो त्रैमासम्म कम्पनीको प्रतिशेयर आम्दानी ९.७५ रुपियाँबाट घटेर ८.४१ रुपियाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३५.८१ रुपियाँ र मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार