free website hit counter

नेपाल लाइफले बढायो नाफा

beemaadmin
२०७९ कार्तिक २९, मंगलवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८।२२ प्रतिशत बढी हो। इन्स्योरेन्सको आम्दानी बढेसँगै नोक्सानीको लागि व्यवस्था घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७१ लाख रुपैयाँ मात्र यस्तो व्यवस्था गरेको छ। जसले गर्दा खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १.९७ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २.२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल बीमाशुल्क १।४३ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्ता नी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष १२९.०४ प्रतिशत बढेका छ। त्यसैगरी, जीवन बीमा कोष १९.६४ प्रतिशत बढेको छ भने महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार