काठमाडौं । दुर्घटनामा जीवन गुमाएका बीमितका आश्रित परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आवश्यक प्रक्रिया पूरा भएपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले निजको श्रीमती कान्ती लक्ष्मीदेबी शाहलाई ३४ लाख ६८ हजार ६६५ रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेर जम्मा ५ लाख ५३ हजार ५२० रुपैयाँ किस्ता बुझाएका बीमित सुन्दरहरैचा ८, मोरङ निवासी रबिन्द्र चौहानको परिवारलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।
उनको दुर्घाटनाबाट असमाहिक निधन भएको थियो । कम्पनी बिराट्चौक शाखा प्रमुख सुमन राज थापाले उक्त रकम नीजको श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई दिएका हुन् ।