free website hit counter

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०८१ पुष २९, सोमबार

काठमाडौं । नेपालको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा बोनस शेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत करसहित रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार