free website hit counter

नेपाल लाइफ इन्स्योरेन्स नाफा खुम्चियो

beemaadmin
२०७९ श्रावण २७, शुक्रबार

काठमाडौं । व्यवस्थापनमा देखिएको कमजोरीका कारण अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नोक्सानी व्यहोर्नु परेको छ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको हो। सो अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८२ पैसा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार