free website hit counter

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क झण्डै २६ अर्ब

beemaadmin
२०८० बैशाख २९, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क ३.२४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ अर्ब ९९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा १९ करोड रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा भने ४४ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ।
नाफा धनात्मक भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.१९ गुणा रहेको छ। ८ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार