free website hit counter

नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा, के के छन् एजेन्डा ?

beemaadmin
२०८१ आश्विन १७, बिहीबार

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक ७ गते, अमृतभोग क्याटरर, प्रा। लि।, कालिकास्थान, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार