free website hit counter

नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले एकैपटक डाक्यो दुई वर्षको साधारण सभा

beemaadmin
२०८१ असार १७, आईतवार

काठमाण्डौ। नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं र १९ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आव २०७९–८० का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण र आर्थिक वर्ष २०७८–७९ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पारित गरिनेछ । यसका साथै, बोनस सेयर जारी गदौ कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इ्रन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९–८० र २०७८–७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९–८० र २०७८–७९ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०–८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

सम्बन्धित समाचार