काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख सीईओमा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो। सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी नियकामा नेतृत्व तहमा रहेर काम गरेको अनुभव उनीसँग छ । उनी पछिल्लोपटक पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म चार वर्ष नेतृत्व गरेका थिए । उनी लामो समयसम्म पर्यटन व्यवसाय र अध्यापनमा समेत संलग्न थिए ।