free website hit counter

नेप्से २२ अंकले बढ्यो, २ अर्ब ९२ करोडको कारोबार

beemaadmin
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ । शेयर बजारले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई खोजे पनि भागवण्डामा वर्षमान पुनले अर्थ मन्त्रालय सम्हालेसँगै शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेले २२ अंकमाथिको वृद्धि हुँदै सुखद शुरुवात गरेको छ । त्यसो अघिल्लो हप्तादेखि नै उकालो लाग्न थालेको नेप्से सूचक आज २२.१० अंकले बढ्दै २ हजार ५२.६५ अंकमा उक्लिएको हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४।२६ अंकले बढ्दै ३६४.५३ अंकमा उक्लिएको छ । २२ अंकमाथिले नेप्से बढेको यसदिन २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ माथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज ४.२१ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । तर हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१२ प्रतिशतले घट्न पुगेको छ । आज वीयन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिरखायु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७।०६ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार