काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले ९ सदस्यीय नेशनल इन्स्योरेन्स कर्मचारी युनियन गठन गरेका छन् । भारतीय लगानीको नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु युनियन बनाएर एकताबद्ध भएका हुन् ।
कर्मचारीहरुले आधिकारिक रुपमा कर्मचारी युनियन दर्ता गराएको तदर्थ समितिका अध्यक्ष नितेशकुमार दासले बताएका छन् । युनियनले केही दिन पहिले श्रम कार्यालयबाट औपचारिक रुपमा पत्र प्राप्त गरेको हो ।
नेशनल इन्स्योरेन्स कर्मचारी युनियनको पहिलो अधिवेशन भोलि शनिबार शनिबार बिहान बीरगन्जमा हुँदैछ । पहिले अधिवेशनले कर्मचारीको साझा हितमा रहेका प्रस्तावहरु पारित गर्ने युनियनले जनाएको छ ।
वर्षौअघि देखि सो कम्पनीमा युनियन गठन गर्न खोजिएको भए पनि असफल हुँदै आएकोमा यस पटक कडा संघर्षका बीच औपचारिक रुपमा युनियन गठन गरिएको महासचिव ऋषि सत्यालले जानकारी दिए ।