free website hit counter

नेशनल इन्स्योरेन्सले बढायो नाफा

beemaadmin
२०७७ भाद्र १५, सोमबार

काठमाडौं । कोरोना कहरले विश्व अर्थतन्त्र तहसनहस भएको बेला नेशनल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा सुधार गरेको छ। इन्स्योरेन्सको खुद बीमाशुल्क ३६.५२ प्रतिशतले घट्दा पनि खुद नाफा भने १८.२४ प्रतिशतले बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४२ करोड ९७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.५२ प्रतिशत अर्थात २४ करोड ७३ लाख रुपैयाँले कम हो। अघिल्लो वर्षको यही अवधिमा इन्स्योरेन्सले ६७ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपनि खुद नाफा भने ३ करोड १४ लाख रुपैयाँले बढेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा १७ करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा २० करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ। कम्पनीले खर्च घटाँउदा नाफामा सुधार देखिएको हो।

कम्पनीले यस अवधिमा पूर्नबीमा कमिशन बापत ४ करोड ३१ लाख रूपैयाँ र लगानी कर्जा तथा अन्यबाट १६ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। नेप्सेमा सूचीकृत नरहेको यस कम्पनीको चुक्ता पूँजी उल्लेख गरेको छैन। कम्पनीको जगेडा कोष ३८ करोड २५ लाख रुपैयाँ ऋणात्मक छ। तर बीमा कोष भने एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। यस अवधिसम्ममा कम्पनीले १६ हजार ११९ वटा बीमालेख जारी गरी कुल ७६ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार