free website hit counter

नेशनल लाइफको साधारणसभा आज, लाभांश पारित गरिँदै

beemaadmin
२०८२ असार ५, बिहीबार

काठमाडौं । अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा असार ५ गते बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजेदेखि बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश, ५ प्रतिशत बोनस शेयर र ०।७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । त्यसैगरी कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाका लागि तय भएका छन् । त्यसैगरी संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालक चयन पनि सभाले गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै कम्पनीको सभामा पनि भाग लिन पाउनेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार