free website hit counter

नेशनल लाइफले बोलायो साधारण सभा

beemaadmin
२०८२ पुष ८, मंगलवार

काठमाडौं । अग्रणी जीव्न बीमक नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले पुस ३० गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लगानीसम्बन्धि व्यवस्था थप परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार