free website hit counter

नेशनल लाइफले व्यतित बीमालेख नविकरणमा बिलम्ब शुल्क छुट हुने

beemaadmin
२०८२ असार ४, बुधबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा लाग्ने बीलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा २०८२ असार ३ गतेदेखि असार २० गतेसम्म तोकिएको प्रकृया पूरा गरि नविकरण गर्दा शुल्कमा छुट हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत बिलम्ब छुट हुनेछ । यसैगरी २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा भने ६० प्रतिशत बिलम्ब शुल्क लाग्ने छ । साथै, अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७८ चैत १ गतेबाट २०८२ असार ३ गतेसम्म व्यतित भएका बीमालेखमा भने ७५ प्रतिशतसम्म बिलम्ब शुल्क लाग्ने कम्पनीले जनाएको छ । २ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखमा भने यस्ता खाले कुनै पनि छुट प्रदान गरिएको छैन । एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले समेत उक्त सेवा नपाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार