free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७९ भाद्र २८, मंगलवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सम्बन्धित समाचार