free website hit counter

न्यादी हाइड्रोपावरको आइपीओ विक्री खुल्यो

beemaadmin
२०७८ आश्विन १५, शुक्रबार

काठमाडौं । असोज १५ गतेदेखि सर्वसाधरणका लागि अर्को आईपीओ निष्काशन तथा विक्री खुला भएको छ । न्यादी हाइड्रोपावर कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।

निष्काशन गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकमा सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार