free website hit counter

परम सद्विश्वासमा अडेकाे बीमा व्यवसाय

beemaadmin
२०८० आश्विन १४, आईतवार

संसार नै विश्वासमा टिकेको छ । यहाँ गरिने व्यापार, व्यवसाय, नाता सम्बन्ध, माया प्रेम सबै विश्वासमा नै अडिएको हुन्छ । तर बीमा यस्तो व्यवसाय हो जो विश्वासभन्दा माथि परम सद्विश्वासमा अडेको हुन्छ । परम सद्विश्वास बीमा व्यवसायको त्यस्तो सिद्धान्त हो जसको पालना बीमक र बिमित दुवै पक्षले गर्नुपर्दछ । परम सद्विश्वासमा कमी आउनासाथ बीमा सेवा प्रवाहमा बाधा उत्पन्न हुन्छ जसको प्रतिफलस्वरुप बीमा दाबीमा प्रत्यक्ष पर्दछ ।
बीमा गर्नुको मुख्य उद्देश्य भनेकै जोखिम हस्तान्तरण गर्नु हो भन्ने कुरा नबुझ्नाले वा बुझाउन नसक्नाले परम सद्विश्वासमा कमी आउँछ । कहिलेकाहीं आर्थिक प्रलोभनले पनि विश्वासमा खटपट उत्पन्न गराउन सक्छ ।
अतः बीमित र बीमक दुवै पक्षले परम सद्विश्वासको सिद्धान्तलाई आत्मसाथ गरेमा बीमा दाबी भुक्तानी प्रक्रिया सरल हुन गई बीमाको विश्वससनीयता र गुणस्तर आम जनमानसमा बढ्ने निश्चित छ ।

सम्बन्धित समाचार