काठमाडौं । इलाममा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ । इलाम–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलाममै तीनवटा पुल बाढीले बगाएको छ । माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।