free website hit counter

पहिरो पिडितलाई रिलायबलको सहयोग

beemaadmin
२०७७ भाद्र ३०, मंगलवार

लमजुङ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नमा अग्रणी मानिएको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड लमजुङ शाखाले मर्स्याङदी गाउँपालिका ३ पल्लोटारीका पहिरो प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । शाखाले पहिरो पडितको सहयोगार्थ नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख राजु गुरुङ र वजार प्रमुख लक्ष्मी धितालले मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र उपाध्यक्ष होमवहादुर विकलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । पहिरो प्रभावितका लागि सानो भएपनि सहयोग गर्ने उदेश्यका साथ आइतवार गाउँपालिका कार्यालय पुगेर सहयोग रकम प्रदान गरिएको इन्स्योरेन्सका शाखा प्रमुख राजु गुरुङले वताउनुभयो । सहयोग हस्तान्तरणका क्रममा इन्स्योरेन्सका एजेन्सी म्यानेजरहरुको समेत उपस्थिति रहेको थियो ।
मृत्यु दाबी भुक्तानी
त्यसैगरी रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लमजुङ शाखाले बीमा दावी रकम भूक्तानि गरेको छ । शाखाले मर्स्याङदी गाउँपालिका ९ की सिङमाया गुरुङको मृत्युपश्चात बीमा रकम भूक्तानि गरेको हो । गुरुङको गत जेठमा कालगतिले मृत्य हो । गुरुङको मुत्यु पछि उनको आफन्त अर्थात वहिनी सरिता गुरुङलाई बीमा वापतको ३ लाख १९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख गुरुङले वताउनुभयो ।

सम्बन्धित समाचार