free website hit counter

पहिलो पटक डाक्टरलाई संक्रमण

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं । कोरोनासँगको युद्धमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी कोरोनाको उच्च जोखिममा हुन्छन् । विश्वभर कोरोनाको उपचारमा संलग्न चिकित्सकहरु पनि संक्रमित भइरहेका छन् । नेपालमा सरकारले चिकित्सकहरुको सुरक्षाका लागि आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त पनि गरेको छ । उच्च सतर्कताका बीचमा पनि कोरोना उपचारमा संलग्न एक जना चिकित्सक संक्रमित भएका छन् । संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ । नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।

सम्बन्धित समाचार