free website hit counter

पहिलो पटक बोनस वितरण गर्दै नेपाल टेलिकम

beemaadmin
२०७८ चैत्र १, मंगलवार

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले पहिलो पटक बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार