free website hit counter

पाँचथरमा विस्फोटमा परी २ बालबालिकाको मृत्यु

beemaadmin
२०८१ भाद्र १४, शुक्रबार

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ मा प्राङवुङ विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिलीप साबाका ११ वर्षका छोरा डिक्सन साबा र २ वर्षकी छोरी प्रिन्सा साबा रहेको वडाध्यक्ष भरत खपाङ्गीले बताए । उनका अनुसार २ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्को एक जनाको स्थानीय अस्पतालमा उपचार पछि जिल्ला अस्पताल पठाइएको छ । अहिले त्यस ठाउँमा अर्को ग्रिनेट पनि भेटिएको उनले बताए । त्यो क्षेत्र सिल गरिएको छ । नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको छ । उनको अनुसार आइन्द्र केरुङको घरमा विस्फोटक पदार्थ भेटिएको हो । बच्चाहरुले कुलेसोमा भेटाएको र खेल्नेक्रममा विस्फोट भएको हुनसक्ने बताइएको छ । थप विस्फोटक पदार्थ हुनसक्ने आशंकामा गरिएको छ ।

सम्बन्धित समाचार