free website hit counter

पाँच जीवन बीमा कम्पनीको ३ अर्बको आईपीओ आउँदै

beemaadmin
२०७८ आश्विन ३१, आईतवार

काठमाडौं । शेयर बजारमा बीमा समूह अन्तर्गत पनि जीवन बीमामा आकर्षण बढिरहेको बेला फेरि पाँच जीवन बीमा कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरिरहेका छन् । पाँचवटा बीमा कम्पनीको आइपीओ आउने भएको छ । १० जीवन बीमा कम्पनीहरुमध्ये पाँच कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने बाँकी पाँच कम्पनीको आइपीओ निष्काशन पाइपालनमा छन् । आइपीओ जारी गर्ने पाँच जीवन बीमा कम्पनीहरुमा ज्योति, युनियन, रिलायन्स, सानिमा र प्रभु लाइफ रहेका छन् । आइपीओ जारी गर्न बाँकी पाँच जीवन बीमा कम्पनीमा रिलायवल, सिटिजन, सन नेपाल, महालक्ष्मी र आइएमई लाइफ रहेका छन् ।

पाँच कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालिसकेका छन् । नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरि चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन् ।

हाल यी चारवटै कम्पनीहरुको संस्थापकहरुबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता पुर्याइसकेका छन् । प्रत्येक कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्दा सबै कम्पनीहरुको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।
आइएमई लाइफ इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० कित्ता शेयर निष्काशन गर्नेछ ।

रिलायवल लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ । कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । यद्यपी कम्पनीले आईपीओ निष्काशनको अनुमति भने पाएको छैन् । यस्तै सन नेपाल लाइफलाई पनि प्रिमियममा आईपीओ निष्काशन बीमा समितिले अनुमति दिएको छ । तर कति मूल्यमा शेयर निष्काशन गर्ने भन्ने विषयमा निर्णय भएको छैन् ।

सम्बन्धित समाचार