free website hit counter

पाँच दर्जन सहसचिवको एकै पटक सरुवा तथा पदस्थापना (सूचीसहित)

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौँ । पाँच दर्जन सहसचिवहरुको पदथापना तथा जिम्मेवारी हेरफेर भएको छ । जेष्ठताका आधारमा बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापना गरिएको छ भने १८ जना सहसचिवको अन्तर निकाय सरुवा गरिएको हो । शुक्रबार संघीय माािमला तथा सामान्य प्रशासन मन्त्रालय गरेको निर्णयअनुसर ती ठूलो संख्यामा सरुवा तथा पदस्थापना गरिएको हो । राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापना मन्त्रिपरिषद्ले गर्ने प्रचलन भए पनि मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयलाई अख्तियारी दिएपछि यो निर्णय भएको बताइन्छ ।

को कहाँ पुगे ?
राजेन्द्र कुमार केसी र बाबुराम खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत, बाबुराम भण्डारी र बद्रीराज अर्याललाई अर्थ मन्त्रालय वा अन्तर्गत, सुशील श्रेष्ठ आदिवासी जनजाति आयोग, राजेन्द्र प्रसाद घिमिरे कलैया उप महानगरपालिका बारा, नुरहरी खतिवडा, उमेश कुमार ढकाल, सुरेन्द्र पौडेल, यादव सुवेदी, श्रवण कुमार तिमिल्सिना, विष्णुकुमार कार्की, सागर आचार्य, रमेश न्यौपाने, शालिग्राम शर्मा पौडेल, गौलोचन सैजु, शिवराज पोखरेल र जगनाथ पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

उता, सहसचिव टिकाराम ज्ञवाली घोराही उप महानगरपालिका दाङ, उमेश बस्नेत जनकपुर उप महानगरपालिका धनुषा, खड्गबहादुर कार्की जितपूर सिमरा उप महानगरपालिका बारा, कृष्णकान्त उपाध्याय तुलसीपुर उप महानगरपालिका दाङ, हरि बखति धनगढी उप महानगरपालिका कैलाली, बद्री अधिकारी पोखरा उप महानगरपालिका पोखरा, कृष्ण प्रसाद धिताल वीरगन्ज महानगरपालिका पर्सा, भीष्मप्रसाद न्यौपाने विराटनगर, उपेन्द्र खनाल हेटौडा उप महानगरपालिका मकवानपुर सरुवा गरिएको छ ।

सहसचिव ठाकुर सिग्देललाई प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. १ विराटनगर, हरि प्रसाद बास्तोला प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. ४ पोखरा, दुर्गा दत्त ढकाल प्रदेश प्रमुखको कार्यालय बागमति प्रदेश, हेटौडा सरुवा गरिएको छ ।
यसैगरी नारायण प्रसाद अधिकारी र सेवन्तराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने टेकराज निरौलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अद्वैत प्रकाश श्रेष्ठ राष्ट्रिय कितावखाना, यमुना प्रधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विनु बज्राचार्य राष्ट्रिय सूचना आयोग, लाल बहादुर कार्की लोक सेवा आयोग, रुद्रनाथ देवकोटा बेपत्ता छानबिन आयोग सरुवा भएको छ । सह सचिवद्वय यम प्रसाद भुसाल र विष्णुदत्त गौतम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखनाथ शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्द्रमणी पोख्रेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सरुवा गरिएको छ ।

सरकारले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत १८ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव वसन्त अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम अधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यमलाल भुसाललाई अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्याललाई मधेसी आयोग सरुवा गरिएको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतमा कार्यरत सहसचिव मान बहादुर बि।क।लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ज्ञवालीलाई रक्षा मन्त्रालय, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूलाई प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेत, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीका प्रदेश सचिव शङ्कर प्रसाद सुवेदीलाई राष्ट्रिय कितावखाना, वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सहसचिव शिवराम न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै राष्ट्रिय सूचना आयोगका सहसचिव कुमार प्रसाद दहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेलाई गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय कितावखानाका सहसचिव गीता कुमारी हुमागाईलाई लोक सेवा आयोग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव रुद्रा देवी शर्मालाई गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अण प्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार