free website hit counter

पाँच दिनपछि घट्यो सुनको भाउ

beemaadmin
२०८० माघ ११, बिहीबार

काठमाडौं । अघिल्ला ५ दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो । बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १३८० रुपैयाँमा रहेको चाँदी बिहीबार १४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार