free website hit counter

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

beemaadmin
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी रहेको लाभांश रकम सम्बन्धित सेयरधनीलाई बुझिलिन आग्रह गरेको छ।

बैंकले सूचना जारी गर्दै आर्थिक वर्ष २०५५/५६ देखि विभिन्न आर्थिक वर्षमा घोषणा गरिएका नगद लाभांशमध्ये हालसम्म पनि नलिइएको रकम सम्बन्धित सेयरधनीले आवश्यक प्रक्रिया पूरा गरी प्राप्त गर्न सक्ने जनाएको छ।

बैंकका अनुसार लाभांश लिन बाँकी रहेका सेयरधनीले सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण, नागरिकता वा अन्य परिचय खुल्ने कागजात तथा आवश्यक सेयरसम्बन्धी कागजातसहित बैंकको शेयर शाखामा सम्पर्क गर्नुपर्नेछ। आवश्यक कागजात पेश गरेपछि बाँकी लाभांश भुक्तानी गरिने बैंकले जनाएको छ।

बैंकले जारी गरेको सूचनामा साधारण तथा अग्राधिकार सेयरधनी दुवैको भुक्तानी हुन बाँकी लाभांशको विवरण समावेश गरिएको छ।

साथै, पाँच वर्षभन्दा पुरानो लाभांश दाबी गर्न बाँकी रहेका सेयरधनीहरूको नामावली बैंकको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको जनाएको छ।

बैंकले सम्बन्धित सबै सेयरधनीलाई आवश्यक प्रमाणसहित समयमै सम्पर्क गरी आफ्नो बाँकी लाभांश प्राप्त गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार