free website hit counter

पाँच वर्षे स्वास्थ्य बिमा कार्ययोजना ल्याउने तयारी

beemaadmin
२०७९ फाल्गुन ३, बुधबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच वर्षे कार्ययोजना ल्याउने भएको छ। मन्त्रालयले २०८० देखि २०८५ सालसम्मका लागि आवधिक कार्ययोजना ल्याउने तयारी गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै थप प्रभावकारी बनाउन पाँच वर्षे कार्ययोजना ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएका हुन्। मन्त्री गिरीले मन्त्रालयले प्राथमिकता दिएका विषयहरुको कार्ययोजना बनाउने क्रममा बिमाको आवधिक कार्ययोजनाको विषय समेत समावेश गरेका छन्। मन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा बिमा बोर्डले २०८० को वैशाखसम्म पाँच वर्षे कार्ययोजनाको मस्यौदा तयार गरिसक्ने र जेठभित्र मन्त्रिपरिषदबाट पास गरिसक्ने उल्लेख छ। नेपालमा हालसम्म ६० लाखले स्वास्थ्य बिमा गरेको तथ्यांक रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार