free website hit counter

पाल्पामा पहिरोले घर पुर्यो, गर्भवतीसहित ६ जना बेपत्ता

beemaadmin
२०७७ आश्विन ८, बिहीबार

काठमाडौं। लगातारको वर्षाले पाल्पाको रम्भा गाउँपालिकामा गएराति पहिरो जाँदा एकै परिवारका पाँच जना वेपत्ता भएका छन्। गतराति देखि परेका वर्षापछि आएको पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका–२ का हुमबहादुर गाहाको घर पुरिँदा परिवारका पाँच जना बेपत्ता भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। सँगै रहेको मनबहादुरको घर पनि पहिरोले पुरेको तर उनीहरु घरबाट बाहिर निस्किन सफल भएको अध्यक्ष भण्डारीले जानकारी दिए। अहिले घटनास्थलतर्फ सुरक्षाकर्मीसहितको टोली गइरहेको छ। स्थानीयले उद्दारको काम गरिरहेको बताइएको छ। यसैगरी रम्भा गाउँपालिका–२ कै सुरुम डाँडामा पहिरोले घर पुर्दा गर्भवती महिला बेपत्ता भएको जानकारी आएको अध्यक्ष भण्डारीले जानकारी दिए । फाइल तस्बिर

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार