free website hit counter

पिताको अंगालोमा जान दौडिरहेकी बालिकालाई समेत प्रहरीले छाडेन

beemaadmin
२०७७ चैत्र १५, आईतवार

एजेन्सी । एउटा बच्चालाई आफ्ना बाबुआमाको जत्तिको विश्वास र भरोसा कसैको हुँदैन । त्यही जन्मदिने बाबुको अंगालोमा जान दौडिरहेकी एक एक सात वर्षीया बालिकाको गोली हानी हत्या गरिएको छ ।

गत महिनाको सैन्य कूपछि भएको दमनमा उनी सबैभन्दा कान्छी ज्ञात शिकार भएकी छिन् । मृतक बालिका चिन मायो चितको परिवारले बीबीसीलाई बताएअनुसार मोन्डाले शहरमा उनीहरुको घरमा आक्रमण हुँदा उनी आफ्ना पिता भएतिर दौडिरहेका बेला प्रहरीले उनलाई गोली हानेर मारिदिएका थिए । विरोध प्रदर्शन जारी रहँदा म्यानमारको सेनाले पनि आफ्नो बल प्रयोग बढाइरहेको छ ।

अधिकार समूह सेभ द चिल्ड्रेनले बताएअनुसार दमनमा मारिएका दर्जनौं मध्ये २० भन्दा बढी बालबालिकाहरू छन्। प्रदर्शनमा जम्मा १६४ जनाको ज्यान गएको सेनाले बताएको छ भने असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएएप) नामको अभियन्ता समूहले कम्तीमा २६१ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार ससेनाले प्रदर्शनकारीको मृत्युप्रति दुःख व्यक्त गर्दै देशमा अराजकता र हिंसा ल्याएकोमा दोषारोपण समेत गरेको छ । तर सुरक्षाफौजले प्रदर्शनकारीविरुद्ध ज्यानै लिनेगरी गोली चलाइरहेका छन् । चिन मायो चितकी दिदीले बीबीसीलाई बताएअनुसार प्रहरी अधिकारीहरूले मंगलबार दिउँसो मोन्डलेस्थित आफ्नो टोलका सबै घरहरूको खानतलासी गरिरहेका थिए ।

२५ वर्षीय मे थु सुमायाले भनिन् ‘उनीहरुले लात हानेर ढोका खोले । ढोका खुलेपछि उनीहरूले बुबालाई घरमा अरू कोही छ कि भनेर सोधे । उहाँले छैनन् भनेपछि तिनीहरूले उहाँलाई झूटो बोलेको आरोप लगाए र घरमा खानतलासी गर्न थाले । त्यतिबेला खिन मायो चिट बुबाको काखमा बस्न दौडिएकी थिइन् । उनीहरुले उनलाई गोली हाने । स्थानीय मिडियासँग कुरा गर्दै पिताले छोरीका अन्तिम शब्द सम्झिए ‘नाइँ बाबा म सक्दिन । यो धेरै दुखिरहेको छ ।’ पिताका अनुसार बालिकालाई अस्पताल लैजाँदै गर्दा आधा घण्टामा नै उनको मृत्यु भएको थियो । पुलिसले उनका १९ वर्षका छोरालाई पनि पक्राउ गरेर लिएर गएका छन् । सेनाले मृत्युबारे टिप्पणी गर्न बाँकी नै छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार