free website hit counter

पिपुल्स हाइड्रोपावरले ८० करोडको आइपीओ जारी गर्ने

beemaadmin
२०७९ बैशाख २२, बिहीबार

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि र सर्वसाधारणका लागि ८० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले वैशाख १२ गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट स्वीकृति पाएपश्चात कम्पनीले ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले शेयर निष्काशन गर्नेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिट लिमिटेडलाई नियुक्त गरिसकेको छ । विसं २०६४ साल असोज २२ गते स्थापना भएको यस कम्पनीले लमजुङमा ४९.६ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार