free website hit counter

पुँजी वृद्धिका लागि बीमकहरुले पाए थप समय

beemaadmin
२०८० बैशाख ५, मंगलवार

काठमाडौं । बीमकहरुले पुँजी वृद्धिका लागि थप समय पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन समय असार मसान्तसम्मका लागि थप गरेको छ । बीमा कम्पनीहरुले तोकिएको समयभित्र पूँजी पुर्याउन नसकेको र प्रक्रिया जारी रहेकाले प्राधिकरणले समय थप गरेको हो । चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन समय तोकिएको थियो । तर अधिकांश बीमकले तोकिएको पूँजी पुर्याउन सकेका छैनन् । तोकिएको समयमा बीमा कम्पनीहरुले न्युनतम पूँजी पुर्याउन नसकिएपछि बीमा प्राधिकरण समय थप गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई पूँजी बढाउन समय थप गरेको जानकारी गराएका छन् । प्राधिकरणको निणर्य अनुसार अब जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ । हालसम्म जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएको छ । यता निर्जीवन बीमा तर्फ पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् ।

सम्बन्धित समाचार