काठमाडौं । बीमा समितिले सोमबार सर्कुलर जारी गर्दै नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ । समितिले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि अलग अलग निर्देशिका तयार गरेको हो ।
निर्जीवनतर्फ निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ भने पुनर्बीमा तर्फ पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । उक्त निर्देशिका अनुसार पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।