free website hit counter

पुरानो सामसुङ दिएर नयाँ लान पाइने

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । नेपालमा अत्यधिक बिक्री भएको स्मार्ट फोन सामसुङले एक्सचेञ्ज सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसङ्ग स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् साथै यस सुविधा मार्फत सामसङ्ग स्मार्टफोन एक्सचेञ्ज गर्न सक्नेछन् ।

इच्छुक ग्राहकहरूले केवल आइएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ साथै एक्सचेञ्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसङ्ग स्मार्टफोनको सट्टामा नयाँ सामसङ्ग स्मार्टफोन छनौट गर्न सक्नेछन् । तत्काल निम्न आइएमएस स्माट शोरूमहरूमा एक्सचेञ्ज सुविधा उपलब्ध गराइएको छः

Advertisement
Advertisement

१. न्यूरोड, काठमाडौं
२. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं

Advertisement
Advertisement

सम्बन्धित समाचार