free website hit counter

पूर्वअर्थमन्त्री पुनको चीनमा उपचार हुँदै

beemaadmin
२०८१ भाद्र २३, आईतवार

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव एव वर्षमान पुनको पुरानो रोग फेरि बल्झिएको छ । रोग बल्झिएसंगै उपचारका पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती मगरसँग उनी आइतबार चीन गएका छन् । पुनले यसअघि उपचार गराएको सेन्चन शहरको थर्ड पिपुल्स अस्पतालमै यसपटक पनि उपचार गराउने पारिवारिक स्रोतले जानकारी दिएको छ । रोग सामान्य अवस्थामा रहे यसैसाता फर्किने सोच भए पनि चेकअप पछि चिकित्सकहरुको राय अनुसार बसाई लम्बिन पनि सक्ने बताइएको छ । वंशाणुगत जण्डिसको समस्याबाट पीडित पुनमा ‘बिलिरुबिन’ मा समस्या देखिएको छ । बिलिरुबिन पुरानो रक्त कोशिकाहरु तोडिदा उत्पादन हुने पहेँलो पदार्थ हो । कलेजोद्वारा उत्पादन हुने यो पदार्थ पित्र थैलीमा भण्डारण हुन्छ । सामान्य मानिसको शरीरमा एक दशमलव तीन मिलीग्राम बिलिरुबिन हुन्छ । तर, पुनको शरीरमा भने बिलिरुबिन अत्यधिक मात्रामा रहेको र पटक पटक उपचार गरेर त्यसलाई नियन्त्रण गरिए पनि बढ्ने क्रम नरोकिएको बताइएको छ । पुनलाई पायल्सको समेत समस्या छ ।

सम्बन्धित समाचार