free website hit counter

पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

beemaadmin
२०७७ श्रावण २६, सोमबार

नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले एक ट्वीट गर्दै सोमबार आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

सम्बन्धित समाचार