काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी छ । एक पटक फुल ट्याक्टी तेल हालेर अर्को पटक जाँदा मूल्य बढिसक्ने अवस्था आएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो । त्यस अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।