free website hit counter

पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि

beemaadmin
२०७७ फाल्गुन १८, मंगलवार

काठमाडौँ । गत फागुन ४ गते हप्ता दिन नबित्दै मूल्य बढाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलो लिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्‍याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत् छ ।

सम्बन्धित समाचार