free website hit counter

पोस्टमार्टम रिपोर्टले खुलायो नाना पाटेकरको मृत्युको कारण

beemaadmin
२०८३ आश्विन २६, सोमबार

काठमाडौं । भारतीय अभिनेता नाना पाटेकरको मृत्युको कारण पोस्टमार्टम रिपोर्टबाट खुलेको छ। रिपोर्टअनुसार उनको मृत्यु मुटुको मुख्य धमनीमा रगतको ढिक्का जमेपछि भएको गम्भीर हृदयाघातका कारण भएको हो। चिकित्सकले उनको मृत्यु प्राकृतिक कारणले भएको बताएका छन्। भारतीय सञ्चारमाध्यम टीभी ९ भारतवर्षका अनुसार पाटेकर कोरोनरी आर्टरी डिजिज (सीएडी) बाट पीडित थिए। मुटुको ठूलो भागमा रक्तसञ्चार गर्ने मुख्य धमनीमा रगतको ढिक्का जमेपछि रक्तप्रवाह अवरुद्ध भएको थियो। त्यसका कारण उनलाई तीव्र हृदयाघात भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

निधन हुनुअघि साथीलाई सन्देश

Advertisement
Advertisement

प्रहरी अनुसन्धानका क्रममा पाटेकरले निधन हुनुभन्दा केही घण्टाअघि आफ्ना निकट साथी अमेय नाइकलाई आफू अस्वस्थ रहेको सन्देश पठाएको खुलेको छ।

Advertisement
Advertisement

अक्टोबर ८ को बिहान करिब २ः३० बजे उनले ह्वाट्सएपमार्फत साथीलाई सन्देश पठाउँदै आफ्नो स्वास्थ्य ठीक नभएको बताएका थिए। उनले साथीलाई फोनसमेत गरेका थिए।

प्रहरीका अनुसार अमेयले बिहान करिब ३ः३० बजे सन्देश हेरेपछि पाटेकरको गोवास्थित डोना पाउलामा रहेको निवास पुगेका थिए। त्यहाँ पुग्दा उनले पाटेकरलाई अचेत अवस्थामा फेला पारेका थिए।

अवस्था गम्भीर देखेपछि उनले सुरक्षा गार्डको सहयोगमा अस्पतालमा सम्पर्क गरेका थिए। त्यसपछि पाटेकरलाई मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

आकस्मिक मृत्युको मुद्दा दर्ता

पाटेकरको मृत्युको कारण पत्ता लगाउन अक्टोबर ८ मा गोवाको बाम्बोलिमस्थित गोवा मेडिकल कलेजमा पोस्टमार्टम गरिएको थियो। उनको निधनपछि पणजी प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता, २०२३ को धारा १९४ अन्तर्गत आकस्मिक मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।

गोवामा निधन भएका पाटेकरको पार्थिव शरीर महाराष्ट्रको पुणेस्थित डोन्जे गाउँ लगिएको थियो। त्यहाँ उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

सम्बन्धित समाचार