free website hit counter

प्रदेश सरकारहरुले आज बजेट ल्याउँदै

beemaadmin
२०८२ असार १, आईतवार

काठमाण्डौ । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२–८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेश सरकारहरुले आज बजेट ल्याउने तयारी गरेका हुन् । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसँगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुदान ३ अर्ब २८ करोड र विशेष अनुदान ३ अर्ब २७ करोड रुपैँया छुट्ट्याइएको छ । संघीय सरकारले राजस्व बाँडफाँड र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैँया हस्तान्तरण हुने संघीय सरकारले जनाएको छ । चालु आर्थिक वर्षका लागि सात वटै प्रदेश सरकारहरुले २खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँको बजेट ल्याएका थिए । सबै प्रदेशहरुमा प्रभावकारी ढंगबाट पूँजीगत खर्च हुन नसक्ने समस्या देखिएको छ । प्रदेश सरकारहरुले पूँजीगत खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि र भौतिक पुर्वाधार निर्माणको खर्चलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार