free website hit counter

प्रधानमन्त्रीले ढिम्किनै नदिएपछि मन्त्रीको के लाग्छ ?

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीचको टकराव कतिसम्म रहेछ भन्ने कुरा मन्त्रालयभित्रका धेरै गतिविधिले स्पष्ट पार्दछ । मन्त्रालयबाट गएका हरेक प्रस्ताव विधि पु¥याएरै मन्त्रिपरिषद्मा दर्ता हुन्छन् । मन्त्रिपरिषद्मा दर्ता गरिएका अधिकांश प्रस्ताव पास हुने गरेका उदाहरणहरु छन् । तर पुनर्गठनमा फालिएका मातृका यादवप्रति प्रधानमन्त्रीको नजर कस्तो रहेछ भन्ने उदाहरण नेपाल औषधि लिमिटेडका महाप्रबन्धक नियुक्तिमै देखिएको छ । ०७६ जेठ ५ गते मन्त्रालयको तर्फबाट लिमिटेडको महाप्रबन्धक नियुक्तिका लागि प्रस्ताव दर्ता गरियो ।

विभागीय मन्त्री मातृका यादवको स्वीकृतिमा दर्ता गरिएको उक्त प्रस्ताव तत्काल निर्णय त भएन भएन । उनी बर्खास्त हुञ्जेलसम्म पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव मन्त्रिपरिष्द बैठकको एजेन्डामा राख्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएनन् । अहिले मातृकालाई हटाइएको छ । तर उक्त प्रस्ताव मन्त्रिपरिषद्मै अड्किएको छ । महाप्रबन्धक नियुक्ति हुन नसक्दा लिमिटेडले गति लिन सकेको छैन । नेपालमै औषधि उत्पादन गर्नका लागि नेपाल औषधि लिमिटेडको गठन गरिएको हो । मन्त्रालयको जिम्मेवारी मातृका यादवले सम्हालेपछि रुग्ण अवस्थामा रहेको लिमिटेडलाई सञ्चालन गर्न पटक पटक प्रतिबद्धता व्यक्त नगरेका होइनन् ।

तर उनको कुरा मन्त्रालयका कर्मचारीले सुने पनि क्याविनेटमा प्रधानमन्त्रीले नसुनेपछि के लाग्छ ? मन्त्रिपरिषद्मा थन्किएको उक्त प्रस्तावमा महाप्रबन्धकका लागि सिफारिश गरिएका ३ जनामा टीकाराम अर्याल– सर्लाही, प्रभातकुमार सिंह– सर्लाही र मोहम्द सफी उल्लाह रौतहट रहेका थिए । उनीहरु तीनै जनालाई मन्त्रालयले खुल्ला प्रतिस्पर्धामार्फत् छनोट गरी तीन जनामध्ये एक जनाको नियुक्तिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएको हो ।

प्रधानमन्त्री र मन्त्रीको खटपटले उदयपुर सिमेन्ट आठ महिनादेखि नेतृत्वविहीन

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार